शुक्रबार, चैत्र १६, २०८०

मोफसल देखि राजधानीसम्म आज छठपर्वको सँझिया घाट धुमधामका साथ मनाइदै

राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

काठमााडैं कार्तिक १६ , आज राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ। विहिवारदेखि सुरु भएको छठपर्व अन्तर्गत आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिने गरिन्छ । आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा अर्चना सहित राजधानीको टङकेश्वर , गौरी घाट, गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी किनारमा त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाटलगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको भिड लाग्ने गर्दछ ।

त्यस्तै छठपवका व्रतीले आज रातभरि नदी, तलाउ तथा पोखरीको समिपमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यको पूजाअर्चना सहित अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । यसअघि शुक्रवारका दिन ब्रतालुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका नैवद्य गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्री प्रसादका रुपमा अर्पण गर्ने गरिन्छ ।

छठ पर्वको विषयमा पौराणिक ग्रन्थ महाभारतमा द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेसंगै पाण्डवको यावत समस्या समाधान भएको आख्यान पाइन्छ भने सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसंग उल्लेख गर्दै त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको चर्चा उल्लेख रहेको पाइन्छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति हुनुको अलावा मनोकामना पूरा हुनु र चर्मरोगबाछ छुटकारा पाइने पछिल्ल्लो जनविश्वास समेत रहेको पाइन्छ ।

यसैवीच छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।