शुक्रबार, चैत्र १६, २०८०

महानिरीक्षक खनालले भने- साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नु

काठमाडौं मंसिर १३,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिवार हुँने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार हुने उपनिर्वाचन र मंसिर १५ देखि २४ सम्म हुन गइरहेको १३औ दक्षिण एसियाली खेलकूद प्रतियोगिताको  सुरक्षा व्यवस्थामा कुनैपनि कमिकमजोरी हुन नदिन निर्देशन दिएको छ ।

त्यस्तै महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्नु प्रहरीको परम दायित्व भएको जनाउ दिदै विगतका अनुभव र अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशील भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाले यो समय नेपाल प्रहरीको लागि अवसर चुनौती दुवै रहेको बताउँदै निर्वाचन र साग खेलको क्रममा आवश्यक सम्पूर्ण रणनितिगत योजना सहित त्रियाशील भइ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।