शुक्रबार, बैशाख ७, २०८१

महानगरमा ज्ञानेन्द्रको हुकुमी शैलीको रजगजसंगै बढ्यो चरम वेतिथी, कारवाही गर्ने कसले ? 

रानीपोखरी पुनर्निर्माणको ५ करोड देखि खुल्लामञ्च टहरा काण्डका नायक ज्ञोन्द्रका कारण महानगर प्रमुख शाक्य समेत जनताको नजरमा विजाउँन शुरु

काठमाडौं कार्तिक २९, काठमाडौं महानगरपालिकामा विगत देखिनै एकलौटी रजगज कायम गर्दै गर्दै आएको तत्कालीन प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको पछिल्लो समय झन दवदवा बढेको छ।  महानगर समाचार स्रोतका अनुसार महानगरपालिकामा सदावहार प्रशासन प्रमुख एवं भ्रष्ट उपमाका कर्मचारी ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४/४ पटक सम्म पत्राचार गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि मन्त्रालयमा काम गर्नेगरी ताने पनि मन्त्रालयको पत्र समेतलाइ लत्याउँदै महानगरपालिकामानै रजगज गर्दै बसे यता कार्कीको दवदवा बढेको बुझिएको    छ ।

मन्त्रालयको पत्र समेतलाइ धोती लगाउँदै महानगरमानै बस्दै आएका कार्कीलाइ नत मन्त्रालयले तान्न सक्यो न त महागरका निर्वाचित कार्यपालिका वोर्डलेनै तह लगाउँ नसकेको अवस्थालाइ हेर्ने हो भने कार्कीको अगाडि हजारौ जनताको मत प्राप्त गर्दै निर्वार्चित भएको महानगर प्रमुख विद्यासुन्दर शाक्य समेत निरिह भएको देख्दा झनै उदेक लाग्दो अवस्था सिर्जना भएको जनाउ दिदै समाचार स्रोतले ने भने-कार्यकायलिका वोर्ड भन्दा पनि सिङ्गो महानगरपालिका परिसरमा कार्कीको हाउगुजी व्याप्त भएसंगै असल सुशासनको अभिव्यक्ति दिन पछि नपर्ने राज्यको केन्द्रीय नेतृत्व मात्र नभइ स्थानीय सरकारका निर्वाचित नेतृत्व र अनुसन्धान मुलक निकायका नेतृत्व समेत कार्कीको चंगुलमा फसेको त होइन भन्ने आशंका समेत महानगर कर्मचारीले गर्न थालेका छन ।

समाचार स्रोतका अनुसार महानगरमा हुकुमी शैलीमा राज गर्दै आएका कार्कीको विगत देखिको वर्तमान सम्म् सवै बदनियत कामकारवाहीको जानकारी हुँदा हुँदै पनि महानगर नेतृत्वजन उत्तरदायि हुनु पर्नेम कार्की प्रति उत्तरदायि बन्दै गएको बताउँदै आफ्नो नाम उल्लेख नर्गने शर्तमा महानगरका एक जिम्मेवार अधिकारीले भने अहिले काठमाडौं महानगरका निर्वाचित कार्यपालिका नेतृत्वले गर्ने कामकारवाही समेत कार्कीले एकलौटी रुपमा महानगर कर्मचारी विनियमावली विपरीत गर्दै गर्दा समेत कार्यपालिका वोड समेत मौन रहने गरेको बताएका छन ।

यहासम्म्की गत वर्ष ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकामा पत्र पठाउँदै कार्कीलाई अर्को निर्णय नभएसम्म मन्त्रालयमा हाजिर हुन निर्देशन सहित पहिलो पत्र र त्यसपछि क्रमस विभिन्न मितिमा ३ पटक अर्को पत्र सहित मन्त्रालयबाट पत्राचार हुँदा समेत कार्यपालिका वोर्डले र्काीलाइ मन्त्रालकाृ आदेशानुरुप मन्त्रालय पठाउँन नसक्नुले कार्कीको रजगज दिनानुदिन बढ्दै गएको बताएका छन ।  त्यस्तै पछिल्लो समय महानगरमा हुने साना भन्दा साना भ्रष्ट त्याक्रियाकलापको सुक्ष्म अध्यन गर्दै आएको अख्तियार दुरुपयोष्ग अनुसन्धान आयोग होस वा सम्पति शुद्धिकरण आयोग होस यी दुवै निकायले समेत कार्की दिन दुइगृणा रात चौगेणाको रफ्तारमा बढ्दै गरेको आचरण विपरितका क्रियाकलापको लहरो तान्न नसक्नु अर्को दुखद पक्ष भएको ति अधिकारीको गुनासो रहेको छ ।

स्मरण रहोस,महानगरमा निर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले पदभार सम्हालेदेखि अहिलेसम्म पनि उनी विवादबाट अछुतो रहन नसक्नुकोमुल जड मात्र नभइ रानीपोखरी पुनर्निर्माणको  ५ करोड काण्डदेखि खुल्लामञ्च टहरा काण्डसम्म नाम जोडिएका कार्कीविरुद्ध प्रधानमन्त्री केपी ओली समक्ष उजुरी पुगेपनि उनीमाथि कारवाही नहुनले महानगर प्रमुख शाक्य समेत जनताको नजरमा विजाउँन थालिसकेको अवस्था छ ।  त्यसो नहुँदो हो त महानगरका तत्कालीन कार्यकारीयादव कोइरालाले ज्ञानेन्द्र कार्की महानगरमा बसुञ्जेल महानगरपालिका विकास नहुने, मेयर शाक्य बदनाम भईरहने र नेकपा पार्टी नै बद्नाम भइरहेने अभिव्यक्ति  दिएका थिए ।  महानगरमा सुब्बाबाट छिरेका कार्की महानगरपालिकाको जागिर खाएर अहिले अर्बौं रुपैया“ कसरी कमाईरहेका छन् रुउनी विरुद्ध विगतमा दर्जनौ फाइला अख्तियारमा पुगेपनि फाइल चल्मलाउन किन सकेन यो विषयमा मिडयाले समेत सहयोग नगरेको गुनासो गर्दै महानगरमा  कार्कीको कोप भाजन परेको भाजन कर्मचारीवृतले गुनासो गर्दै तत्काल कार्कीको सम्पत्ति सम्पत्ति शुद्धीकरण विभागले छानविन गर्नुपर्ने बताएका छन ।

 त्यस्तै पछिल्लो समय कार्कीले महानगरका कुनैपनि तह तप्काका कर्मचारी उपर कहिले सिट छडेके त कहिले के छडेक भन्दै कारवाही सहित ग्रेठ रोक्का गर्ने जस्ता अनेकन नसियत अभियान शुरु गरेको बुझिएकोछ । यहासम्मकी वातावरण विभागमा कार्यरत सुब्बास्तरका प्रधुम्म्न लामा नामका कर्मचारीले आफ्ना विभागीय प्रमुखलाइ लिखित जानकारी दिदै मलामी गएको अवस्थामा समेत छड्के गर्दै उनको दुइ ग्रेट रोक्काको कारवाही गरिएको बुझिएको छ ।

 त्यस्तै मोटरसाइकल दुर्घटना भइ उपचारको क्रममा रहेका नासु स्तरका कर्मचारी कृष्ण गोपाल प्रधानलाइ पनि दुइ ग्रेट रोक्कोको कारवाही गरिएको बुझिएको छ । त्यतिमात्र नभइ काकीले खाजा खान गएको अवथिामा लेखा अधिकृत मचाराजा महर्जन कम्प्युटर अधिकृत दिपक रत्न तुलाधर र एफएममा कार्यरत पत्रकार विक्रम शाक्य संगै इन्जिनियर हेम्नत चौरासियालाइ समेत दुइ ग्रेट तलव रोक्काको कारवाही संगै विभिन्न तह र तप्काका कमचारीलाइ सिट छड्के र सचेत पत्र थमाइएको थाहा भएको छ ।

महानगरकर्मचारी विनियमावली अनुसार अधिृक स्तरका कर्मचारीलाइ कारवाही गर्ने वा नसियत दिने काम कार्यपालिका वोर्डको क्षेत्राधिकारमा रहेको छ । तर कार्कीले वोर्डको वोर्डको क्षत्राधिकार भन्दा वाहिर गइ यसकिसिमको कारवाही गर्दा समेत वोर्ड तै चुप मैचुपको अवस्थामा रहने गरेको समाचार स्रोतले जनाएको छ । स्रमण रहोस कर्मचारीलाइ कारवाही गर्ने विधि प्रक्रिया यस्तो रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031