शुक्रबार, बैशाख ७, २०८१

भक्तपुर नेकपाको केन्द्रीय नेतालाइ चेतावनी, पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी

उम्मेदवार छनौट प्रकरण  : 

काठमाडौ कार्तिक १८ , सत्तारुढदल नेकपाको आइतवारबसको केन्द्रीय सचिवालय बैठकले आसन्न उपनिर्वानको लागिभक्तपुर क्षेत्र नं १ उम्मेदवार छनौटको विषयमा गरेको निर्णय विवादास्पद मात्र नभइ निर्णय सार्वजनिक भएलगत्तै नेकपा भक्तपुरको पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

उपनिर्वाचनका लागि नेकपा केन्द्रीय सचिवालयको बैठकले जिल्लाले सिफारीसनै नगरेका भक्तपुर जिल्ला सचिब देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी कार्यालमा तालाबन्दी गर्दै केन्द्रीय नेताविरुद्ध नारावाजी समेत गरेका छन । त्यसक्रममा यसअघिको निर्वाचनमा नेकपाको तर्फबाट बागी उम्मेद्वार समेत बनेका व्यक्तिलाइ किन र कुन प्रयोजनका लागि उम्मेदवार बनाउँने सवालमा गरेको निर्णय फिर्ता लिन समेत माग गरेका थिए ।

त्यस्तै विरोध प्रदर्शनको क्रममा केन्द्रीय नेताको निर्णय आफैमा घातक हुने भन्दै तत्काल सम्बोधन नगरे परिणम जेपनि हुन सक्ने चेतावनी समेत दिएको बुझिएको छ । स्मरण रहोस,  नेकपा भक्तपुरले उप निर्वाचन उम्म्दवारका लागि क्रमस रमेश बुढाथोकी,मोहन बिर श्रेष्ठ र नारायणी फुँयाल र डिपी ढकालकको नाम केन्द्रलाई सिफारिस गरेको थियो । त्यस्तै निर्वाचन हुन लागेको यस क्षेत्रमा नेकपाका तर्फबाट हरि (गुरु) लामिछानेले जितेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031