मङ्लबार, बैशाख ४, २०८१

बज्राचार्य अवार्ड-२०१९ को आयोजना हुने

काठमाडौं मंसिर ६, काठमाडौं महानगरको वडा न, २१ स्थित बज्राचार्य क्लब बज्रशील महाविहारले विश्वका कुनै पनि विद्यालय वा विश्व विधालयनबाट SEE देखि Phd गर्ने बज्राचार्य समुदायका कुलपुत्र कुलपुत्री र कुलबधुलाइ प्रमाणपत्र सहित परस्कृत गर्ने भएको  छ ।

वल्र्ड बज्राचार्य अवार्ड २०१९ अन्र्तगत आगामी पुस १२ मा राजधानीमा आयोजना गरिने सांङ्गतिक एवम सांस्कृतिक कार्यक्रमकावीच आयोजना गरिने प्रस्तुत कार्यक्रम मार्फत यत्र तत्र सर्वत्र छरिएर रहेका बज्राचार्य  समुदायलाइ एकिकृत गर्दै आफ्ना पुूर्खाकोबाट प्राप्त अतुलनीय योगदानको संरक्षण सहित बज्राचार्य समुदायबीच एकआपसमा समन्वयलाइ थप मजवुत  बनाइने क्लवको लक्ष्य रहेको कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको छ ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कार्यक्रममा बज्राचार्य समुदायको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने भएको छ ।  त्यस्तै प्रस्तुत वल्र्ड बज्राचार्य अवार्डमा सहभागी बन्न २०७४कार्तिक ३ देखि २०७६ कार्तिक ११ भित्र SEE  देखि Phd उतिर्ण गरेका प्रतियोगिले क्लवले व्यवस्थापन गरेको वेवसाइट WWW.bajracharyaclub.org.np को अनलाइनबाट आवेदन दिन सकिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।