शुक्रबार, बैशाख ७, २०८१

फलोअप’ स्वास्थ्य चेकजाँचका लागि प्रम ओली ग्रान्डी अस्पतालमा

काठमाडौ कार्तिक ३० , प्रधानमन्त्री केपी ओली आज पुन : ग्रान्डी अस्पताल जानु भएको छ । प्रम ओलीको मिर्गौलामा राखिएको स्टेन्ट निकाल्ने र अन्य जाँच सहित आज उहाँ ‘फलोअप’ का लागि ग्रान्डी अस्पतालमा जानु भएको हो । यसअघि प्रम ओलीले आफु शनिवार अस्पतालजाने जानकारी शुक्रवार साँझ बसेको मप बैठकमा दिएका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मृगौलामा देखिएको समस्याका कारण गत कात्तिक १२ र १३ गते डायलसिस सहित उहाँको मिर्गौलामा हालिएको स्टेन्ट निकाल्न र आफ्नो उपचारका सवालमा परामर्श समेत हुने बताईएको छ । त्यसोत प्रम ओली आसन्न उपनिर्वाचन लगत्तै उपचारका लागि विदेश जाने तयारीमा  रहेको बुझिएको छ ।

यसअघि प्रम ओली प्रधानमन्त्री ओलीले दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

त्यस्तै आज फलोअप’उपचारको लागि आज अस्पताल जानु भएका प्रम ओलीको स्वास्थ्य जाँच पछिमात्रै  अस्पतालमै बसेर उपचार गर्नु पर्ने हो वा सामान्य जाँच पछि घर जान मिल्ने हो सो सवालमा चेकजाँच पछिमात्र थाहा हुने अस्पताल स्रोतले जनाएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031