शुक्रबार, चैत्र १६, २०८०

प्र.म.ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया ,थप उपचारका लागि केही दिन अस्पतालमै राखिने

काठमाडौ मंसिर १०,  प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उहाँको शल्यक्रिया गरिएको हो ।

राति पेट दुखेकाले उहाँलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । परीक्षणमा एपेन्डिसाइटिस भएको थाहा पाएसंगै उहाँको निजी चिकित्सक डा दिव्यासिंह शाह र डा रमेश सिंह भण्डारीको टोलीले उहाँको शल्यक्रिया गरेको हो ।

शल्यक्रिया भएका कारण प्रम ओलीलाइ केही दिन अस्पतालमै राखिने प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहाकार डा अरुण सायमीले संघारकर्मीलाइ जानकारी दिनु भएको छ ।

त्यस्तै शल्यक्रिया पछि प्रधानमन्त्रीलाई आइसीयू कक्षमा राखिएको र स्वास्थ्य अबस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १२ वर्षअघि मृगाैला प्रत्याराेपण गरेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा फेरि समस्या आउन थालेपछि मिर्गाैलाकाे डायलासिस गर्न थालिएकाे छ। केही दिनअघि मात्र ग्रान्डी अस्पतालमा उनकाे चाैथाेपटक डायलासिस गरिएकाे थियाे।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।