शुक्रबार, बैशाख ७, २०८१

प्रम ओली मन्त्रिपरिषदमा आधा दर्जन मन्त्रीको हेरफेर गर्ने तयारीमा

सचिवालयका सबै सदस्यलाई राजीनामा दिन प्रम ओलीले दिए  निर्देशन

काठमाडौं कार्तिक २४ , प्रधानमन्त्री केपी ओलीले   सरकारको नेतृत्व गरेको  लामो समय व्यतित भइसक्दा समेत  आशानुरुप  उपलब्धि पाउँन नसकेका पछि  कार्यशैली बदलेर ‘फास्ट ट्रयाक’बाट अघि  बढ्ने  तयारी  गरेका छन् । यसका लागि प्रम ओलीले   दुइ तिहाइ सरकारको   प्रभावकारिता जनतामा   पुर्याउँन     परिणाममुखी कार्यसम्पादनको मार्ग अवलम्वन गर्दै  मौजुदा प्रम सचिवालयका संरचना   संगै मन्त्रिपरिषको संरचना समेत परिवर्ततन गर्ने तयारी गर्नु भएको  सम्वद्ध स्रोतले जनाएको   छ ।

समाचार स्रोतका अनुसार  प्रम ओलीले   आफु नेतृत्वको  सरकारका    सल्लाहकार र सचिवालयका समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिनु भएको  बुझिएको   छ ।   प्रमको निर्देशन लगत्तै     प्रम सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित लगायतले  मंसिर १ बाट  लागु हुने गरि स्वच्छिक राजीनामा दिने  तयारी समेत गरेको  थाहा भएको   छ ।

 यसैवीच  प्रधानमन्त्री ओलीले सचिवालय हेरफेरका लागि निर्देशन दिएलगत्तै  , मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैअघिको  छलफल लाइ  निरन्तरता दिदै  मन्पिरिषदमा  रहेर  सरकारको  कामकारवाहीलाइ  चुस्तता दिन नसकेका   अर्थात   कार्यसम्पादनमा कमजोर देखिएका   आधा दर्जनजति मन्त्री हेरफेर गर्ने  तयारीको  विषयमा  पार्टी अध्यक्ष समेत रहेका  पूर्व प्रम प्रचण्डसंग गरेको  छलफलको  क्रममा  प्रम ओलीको आग्रह अनुरुप  अध्यक्ष प्रचण्ड  सहमत भएको बुझिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031