शुक्रबार, बैशाख ७, २०८१

प्रभावकारी सुरक्षा व्यवस्था कार्यान्वयन गर्न प्र.नि. आयुक्त थपलियाको निर्देशन

काठमाडौं कार्तिक १७ , आसन्न उपनिर्वाचन लक्षित हुँदै आवश्यक शान्तिसुरक्षा लाइ प्रभावकारी बनाउँन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आयोगमा आयोजित उच्चस्तरीय सुरक्षा समिति अन्र्तगत निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति सम्पन्न बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रस्तुत निर्देशन दिनु भएका हो ।

त्यस्तै बैठक पछि जारी विज्ञप्तिमा उल्लखभए अनुसार निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने गरि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिनु भएको उल्लेख गरिएको छ ।

साथै बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गर्नुभएको उल्लेख गर्दै विज्ञप्तिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत प्रस्तुत गरिएको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031