बिहिबार, बैशाख १३, २०८१

प्रदेश प्रमुखको बर्खास्ती निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र : काँग्रेस

काठमाडौं  कार्तिक २०,नेपाली काङ्ग्रेसले नेकपा नेतृत्वको सरकारले हालै गरेको प्रदेश प्रमुखको वखास्ती एवमे नयाँ प्रदेश प्रमुखको नियुक्ति सिफारीस संगै राष्टपतिबाट भएको सपथ ग्रहण प्रक्रियालाइ सहमतिको राजनीति विपरित सरकारको बहुलठ्ठीपन भएको बताएको छ ।

काङ्ग्रेस केन्द्रीय पदाधिकारीको मंगलवार बसेको बैठकले प्रदेश प्रमुख बर्खास्ती संगै नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारीस राजनैतिक प्रारुपमा प्रतिउत्पादक रहेको निष्कर्ष सहित सरकारले दुइ तिहाइ दम्भको आडमा शक्ति सत्ताको आडमा जे गर्दा पनि हुन्छ भन्ने मनोभाव सहित देखाएको सरकारी आतंकसंगै सरकार र प्रतिपक्षीवीचको सहमतिको राजनीतिलाई बिथोल्ने प्रयत्नको थप कडि हो भन्ने काँग्रेसको बुझाइ रहेको जनाएको छ ।

त्यस्तै पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण रहनुको अलावा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती गर्नुलाइ निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।