मङ्लबार, बैशाख ११, २०८१

पूर्व युवराज्ञी हिमानीद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

काठमाडौं मंसिर ७ , अर्थअभावकै कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्देश्यले हिमानी ट्रष्टले बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

लायन्स क्लव अफ काठमाडौं युनिकको सहकार्यमा   सम्पन्न  कार्यक्रममा ट्रष्टकी अध्यक्ष एवम् पूर्व युवराज्ञी हिमानी शाहले आज काठमाडौंको बानेश्वरस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई उहाँले शैक्षिक सामाग्री बितरण गर्नु भएको हो।

शैक्षिक सामाग्री वितरणपछि कार्यक्रमस्थलमा उपस्थित पत्रकारसंग कुरा गर्दै शाहले ट्रष्टले उपत्यकासँगै मोफसलमा समेत बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्ने जानकारी दिदै विद्यार्थीहरुलाई स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।