शुक्रबार, चैत्र १६, २०८०

पश्चिमी वायुको प्रभावका कारण वर्षा र बदलीसंगै मौसम प्रतिकुल

काठमाडौ कार्तिक ३० , मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावसँगै विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम प्रतिकुल बनेको जनाउँदै आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको जनाएको छ ।

त्यस्तै पूर्वानुमान महाशाखाले शनिवार राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाउँनुको अलावा आइतबार समेत देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि पूर्वानुमान गरेको छ ।

साथै सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।