बिहिबार, बैशाख ६, २०८१

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशैभर सामान्य बदली सहित हल्का वर्षाको संभावना

काठमाडौं मंसिर ७ , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज साँझ जारी गरेको ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । त्यस्तै आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागका एकाधस्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना औल्याउँदै आइतबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । साथै सोमबारको मौसम पनि आएतवारकै जस्तै रहने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।