बिहिबार, चैत्र १५, २०८०

पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्ने जेलर थापाविरुद्ध मुद्दा दायर

काठमाडौ मंसिर १,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमफेदी कारागार मकवानपुरका जेलर चिरञ्जीवी थापा विरुद्ध थापाले सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गरी रु १ करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा जेलर थापाले सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत नखेलेको जनाएको छ । त्यस्तै स्रोत खुल्न नसकेको अवैध सम्पत्ति आर्जन गरि निजले श्रीमती गोमा थापा समेतको नाममा जम्मा गरेको पाइएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।