बिहिबार, बैशाख १३, २०८१

पत्रकार बोहराको अस्थिपञ्जर र सामाग्रीको वैज्ञानिक परीक्षण गर्न माग

काठमाडौं मसिर ११  , पत्रकार महासंघले नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिएको घटना आफैमा रहस्यमय भएका भन्दै भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरेको छ ।

२०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानसँगै अस्थिपञ्जरसमेत भेटिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।