शुक्रबार, चैत्र १६, २०८०

 नेपाली भूभाग फिर्ताका लागि जुलुस होइन कूटनीतिक पहल आवश्यक : सभापति देउवा

हेटौँडा कार्तिक २७ , नेपाली काङ्ग्रेस प्रदेश नं ३ अन्र्तगतका मंगलवार ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै काँग्रेस सभापति शेर वहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउँदै सरकारले यसको तत्काल कूटनीतिक पहल शुरु गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले कालापानी नेपालको भूभाग भएको सवै प्रमाण रहेको बताउँदै कालापानीको भूभागको एक इन्च पनि नछाड्ने पक्षमा काँग्रेस सदैव सरकारको पक्षमा रहेको बताउँदै पहिले सरकारको जागरुकता आवश्यता रहेको जिकिर गर्नु भएको पप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

साथै सभापति देउवाले नेकपा सरकार लक्षित हुँदै दुवैले रेलमा अनुदान दिने भएमात्र रेल र रेलमार्ग बन्न सक्ने ऋण लिएर रेल चढ्ने वातावरण बनाउँनछु भननु आफैमा घातक रहेको जनाउ समे दिदै विद्यमान यावत विमतिलाइ ठाँटी राख्दै आसन्न निर्वाचनमा काँग्रेसका उम्मेदवारलाइ विजयी बनाउँन महाधिवेशन प्रतिनिधीहलाइ निर्देशन समेत दिनु भएको छ ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु डा रामशरण महतलगायतले बोल्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।