शुक्रबार, चैत्र १६, २०८०

नेपालको भूभाग सुरक्षाका लागि कूटनीतिक पहल तत्काल थाल्न सरकारको नाममा परमादेश माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ कार्तिक २७, छिमेकी मुलुक भारतले यो वा त्यो नाममा नेपाली भूभाग क्रमस सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतबाट अतिक्रमन हुँदा समेत सरकारको तर्फबाट अतिक्रमित भूभाग फिर्ता गराउँने तर्फ तत्काल कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न सरकारको नाममा आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाईे आज दायर गरेको प्रस्तुत रिट निवेदनमा राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षाका लागि भारतबाट अतिक्रमित नेपालको सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ ।

त्यस्तै राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षाका लागि सरकारले समयमानै तदारुकता नदेखाएका जिकिर सहित दायर रिटमा सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्य गर्नु सरकार र राज्यको दायित्व भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।