शुक्रबार, बैशाख ७, २०८१

नेपालका भूभाग अतिक्रमण विरुद्ध नेविसंघको प्रर्दशनमा प्रहरी हस्तक्षेप,दर्जर्नौ विधार्थी नेता पक्राउ

गिरफ्तार गरिएका तत्काल विद्यार्थीलाई तत्काल बिना शर्त रिहा गर्न  काँग्रेसका प्रवक्ता शर्माको  आग्रह

काठमाडौं कार्तिक २४ ,नेपाली काँग्रेसका प्रवक्ता नेपाली काँग्रेसको  भातृसंस्था नेविसंघले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा आज राजधानीमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । भारतले एकतर्फी रुपमा नेपालको भूमि माथि गरेको अतिक्रमण विरुद्ध प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरू अनुराग साह, प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजुवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक बिष्ट, बलराम ढकाल, शिखर खड्का र मनोज बास्तोला लगायतलाइ पक्राउ गरेको हो ।

यसैवीच काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज अवेर साँझ प्रेस विज्ञप्ति जारी गर्दै भारतको तर्फबाट नेपालका भूभागमाथि भएको अतिक्रमणको विरोधमा उत्रेका नेविसंघ आवद्ध विधार्थी नेतालाइ राजधानीको प्रदर्शनमार्गबाट धरपकड गरिएको घटनाप्रति धयाानाकर्षण भएको जनाउँदै  गिरफ्तार गरिएका तत्काल विद्यार्थीलाई तत्काल बिना शर्त रिहा गर्न भनेको छ ।

त्यस्तै संघका मुख्य सचिव डिल्लीराज हमाले पनि एक विज्ञप्ति जारी गर्दै नेपालका भूभाग अतिक्रमण विरुद्ध भएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको घोर भत्सर्ना गर्दै केपी ओली सरकारले सिमा सुरक्षा गर्नुको अलावा शान्तिपूर्ण आन्दोलन गर्न पाउँने अधिकारमाथि प्रहार गर्दै विधार्थी नेता पक्राउ गरेका तिव्र आक्रोश व्यक्त गरेको छ। साथै प्रक्राउ गरिएको विधार्थी नेतालाइ रिहा नगरे कठा आन्दोलन गर्न संद्द बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिईएको छ । यसैवीच विरोध प्रदर्शनमा उत्रेका विधार्थी नेतामाथि प्रहरी अधिकारीले अभद्र व्यवाहर गर्दै धरपकड गरेको विरोधमा राजधानीको प्रर्दशनीमार्गमास्थित पुलीस क्लव अगाडि संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह सहितका विधार्थीसमूहले थप प्रदर्शन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031