बुधबार, बैशाख १२, २०८१

निर्वाचन आचारसंहिता पालनामा आयोगको जोड , विपरितका कार्यभए उम्मेदवारी खारेज

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ जना र स्थानीय तह अन्र्तगत उपमहानगरपालिकाको प्रमुख १ गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौ मंसिर ३,  निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । उपनिर्वाचनका जारी निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको जनाउँदै निर्वाचन आचार सहिंता वर्खिलापका कामकारवाही भए आचारसंहिता उल्लङ्घनका घटनाको प्रकृति हेरी उम्मेदवारी खारेजसम्म गर्ने सक्ने निर्वाचन आयोगले जनाएको छ ।

यस अर्थम पनि निर्पाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्नेमा विस्वास व्यक्त गर्दै जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिसम्बन्धी नयाँ व्यवस्था गरेको जानकारी दिनु भएको छ ।

साथै आयोगले आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार त्यस्तैगरि स्थानीय तह अन्र्तगत मा उपमहानगरपालिकाको प्रमुख १ गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार चुनावी मैदानमा रहेको जनाउँदै निर्वाचन प्रयोजनका लागि जारी आचार सहिंतमा जुलुश, ¥याली, पत्रपत्रिकामा विज्ञापन, सवारीसाधनको प्रयोग तथा प्रचारप्रसारको अवधि, खर्चको सीमाजस्ता सबै विषय समेटिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।