मङ्लबार, बैशाख ४, २०८१

निर्वाचनको क्रममा दवाव र प्रभावमा नपर्न मतदातालाइ काँग्रेसको आग्रह

काठमाडौं मंसिर १३ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार हुने उपनिर्वाचन अन्र्तगत ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रबाट हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढदलले आचारसंहिताको उल्लङ्घनका थुप्रै घटना आरोप सहित निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सत्तारुढदलकोतर्फबाट आचारसहिंता विपरित संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न हुँदै सरकारी साधन–स्रोतको दुरूपयोग गर्दै कर्मचारी समेतको आफु अनुकल फेरबदल गरेको आरोप लगाएको छ ।

यद्यपी काँग्रेसले आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमा मतदातालाइ सत्तारुढदलको कुनैपनि प्रभाव र दवावमा नपरी आफ्नो विवेक प्रयाग गर्दै लोकतन्त्रको संरक्षणमा योगदान गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै काँग्रेसले त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय घटना भएको बताउँदै सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको बताउनुभएको छ ।

त्यस्तै नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल नगरेको बताउँदै प्रस्तुत विषयमा तत्काल गम्भीर भएर पहलकदमी लिन आग्रह गर्नु भएको छ ।

 साथै रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढंगले मुलुकको ४ अर्ब रुपैयाँ स्वाहा बनाउँदै पुन त्यहि असफल परियोजनाका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थप्ने काम भएकोमा विमति सहित स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारलाई अपिल गर्दै यसरी अनुत्पादक ढंगले अघि बढ्ने कर्मप्रति सरकारलाई सर्तक र सचेत समेत गराएको छ ।

आदरणीय पत्रकार साथीहरू,समसामयिक विषयहरूमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । स्वास्थ्यलाभ…

Gepostet von Nepali Congress am Freitag, 29. November 2019

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।