शुक्रबार, चैत्र १६, २०८०

नवलपरासीमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति

नवलपरासी कार्तिक २६, परासर ऋषिको तपस्थली नवलपरासी जिल्लाको सुनवलमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति खडा गरिएको छ । सोही दामोदर कृष्ण भगवानको मुर्तिको निर्माण भएपछि सो क्षेत्रलाई दामोदरधामले सम्बोधन गर्न थालिएको छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी विशिष्ट आजीवन सदस्यसमेत रहेकी समाजसेवी, धार्मिक अभियन्ता देवि घिमिरेको अगुवाईमा वि.सं. २०७१ मंसीर २३ देखि पौष ०३ गतेसम्म सुनवलमा सम्पन्न भएको श्रीमद्भागवत् विश्व जागरण धार्मिक संस्कार महोत्सव महायज्ञमा महायज्ञका प्रमुख वाचक ईश्वरकृष्ण महाराजको उद्घोष, गोरखपुर गोरखनाथ मठका मठाधीश योगी आदित्यनाथको आशिर्वचन र महायज्ञ सञ्चालक समितिको सत्सङ्कल्पको बलले देवि घिमिरेको टिमलाई सो मुर्ति निर्माण गर्ने ानर्ग प्रसस्त भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मुर्ति निर्माणको शुरुवाती चरणमा कठिनाई परे पनि मुर्तिले आकार लिन थालेपछि क्रमशः साथ सहयोग जुट्दै गई मुर्ति निर्माणको कार्य सम्पन्न भएको जनाउँदै पछिल्लो समय सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा (भरत)ले देवि घिमिरेलाई धामको प्रमुख संरक्षक तथा संस्थापकको भूमिका दिदै थप व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गकै आडमा पर्ने स्थानमा बनेको सो मुर्तिले सो राजमार्गमा हिड्ने यात्रुहरूको मनलाई आकर्षित गर्न थालेको छ । यसै गरी मुर्ति एवं सो धामले देशका र भारतलगायत अन्य मुलुकका तीर्थयात्रीहरूको ध्यान समेत तान्न सफल भएको बताईएको छ ।

धमको विषयमा प्रतिक्रिया दिदै ज्योतिषाचार्य दीपक सुवेदीले हरेक मठमन्दिरका छुट्टाछुट्टै विशेषता हुन्छन् । ा अनुसार निर्दोष व्यक्ति विभिन्न परिबन्दमा परेर जेलनेल तथा बन्धनमा परेको छ भने जेल अथवा बन्धनमै रहेर पनि अन्तःहृदयदेखि पुकारा गरी दामोदर कृष्ण भगवानको भक्ति, उपाशना गर्ने र बन्धन मुक्ति भएपछि दर्शन एवं अनुष्ठान गर्ने भाकल गर्छ भने उसलाई बन्धन मुक्ति मिल्ने विस्वास रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।