शनिबार, बैशाख ८, २०८१

नगदमा औषधिको कारोवार गर्न सरोकारवाला ,सम्वद्ध व्यवसायीवृत सहमत

व्यवसायी मैत्री कर रहरमा तिर्ने वातावरण कार्यान्वयनको माग

काठमाडौं मंसिर ८, आठौँ राष्ट्रिय कर दिवसको अवसरमा नेपाल औषधि थोक व्यवसायी संघले शनिवार आयोजित औषधिको थोक व्यवसायीवृत लक्षित कर प्रशिक्षण सहितको अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले औषधि व्यवसायी मात्र नभइ अन्य विधाका व्यवसायीले पनि राज्यलाइ तिर्ने कर बाध्यकारी नभइ रहरले तिर्ने मत्रीपूर्ण वातावरण बन्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा औषधि व्यवसायीले झेल्दै आएको ब्रेकेज एक्सपाएरी लगायतका यावत समस्याका कारण आर्थिक वर्षको शुरु र अन्त्य लगत्तै राज्य मातहतका कर कार्यालयमा व्यवसायको हर हिसाव दाखिला गर्न नसक्दा अनेकन जरिवाना जस्ता उल्झनको समस्याको सामाना गर्नु परेको पक्षलाइ दृष्टिगत गर्दै नियमक अर्थात कर संकलन गर्ने राज्यमातहतका निकायले वेलैमा सम्बोधन गर्नुपर्ने तर्फ ध्यानाकर्षण समेत गराइएको थियो ।
त्यस्तै राज्यले करको लागि कर उठाउँदै जाने तर यो वा त्यो नाममा व्यवसायीले कर तिर्दै गर्दा व्यवसायीको लगानी सुरक्षाको प्रत्याभूति दिलाउँने तर्फ राज्यका सरोकारवाला निकाय उदासिन रहनुले व्यवसायीवृतमा नैराश्य भावपैदा हुने गरेको औषधि जगत सम्वद्ध संस्था पिनका अध्यक्ष सुरजित दत्तले अभिव्यक्त गर्नु भएको छ ।

त्यस्तै नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघका केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठले व्यवसाय र व्यवसायीलाइ प्रतिघात गर्ने कुनैपनि किसिमको सिन्डिकेट मान्य हुन नसक्ने बताउँदै औषधि जगतमा क्रियाशील संघसंस्थालाइ अवका दिनमा महासंघको अवधारणामा रुपान्तरण गर्न आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै सोहि संस्थाका काठमाडौं अध्यक्ष संगम खड्काले आज मार्केटिङ्ग गर्दै गरेका व्यवसायी भोलीका दिनमा उत्पादक वा प्रत्यक्ष औषधि व्यवसायी बन्दै यस क्षेत्रमा प्रवेश गर्न नसकोस भन्ने आशयले नेपाली औषधि बजारमा पछिल्लो समय अनुमातिको नाममा निषेध गर्ने वातावरण सिर्जना गर्न खोजेको भन्दै विमति प्रकट गनु भएको थियो ।

त्यस्तै औषधि आयातकर्ता मंघका महासचिव पवन आचार्यले औषधि व्यवसायको संवेदनशिल पक्षलाइ मनन गर्दै राज्यले व्यवसायी मैत्री कर निति कार्यान्वयन नगरेसम्म यसको औचित्य प्रष्ट नहुनेमा जोड दिदै व्यवसायीको तर्फबाट राज्यलाइ तिर्ने कर लाइ रहरमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उहाँले औषधि व्यवसायी र सरोकारवाला निकायवीच समन्वयको आवश्यकता औल्याउँनु भएको छ । साथै उहाँले औषधिको कारोवार समेत नगदमा गर्ने वातावरण सिर्जना गर्नुपर्ने आयोजक संस्थाको प्रस्तावको स्वागत गर्दै नगदमा कारोवार सहित रहर मैत्री करको अवधारणा कार्यान्वयन हुनु पर्ने बताउँनु भएको छ ।

यस्तै करदाता सेवा कार्यालयका कर अधिकृत जितेन्द्र अमात्यले व्यवसायीको माग अनुरुप सहज र सरल रुपमा कर तिर्ने वातावरण सिर्जना गर्न कार्यालय सदैव तत्पर रहेको बताउँनु भयो

अन्र्तक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधि जगतमा विद्यमान यावत समस्या समाधान गर्न आवयक रहेको बताउँदै कुनै पनि व्यवसायीले स्वतन्त्र व्यवसाय सञ्चालन गर्न पाउँने अधिकार मुलुकको संविधानले मौलिक हक अन्र्तगत प्रत्याभूत गरको अवस्थामा व्यवसाय व्यवसायीलाइ निषेधको परिकल्पना समेत गर्न नसकिने जनाउ दिनु भएको छ । साथै उहाँले पछिल्लो समय चर्चाको चुलीम रहेको न्यूट्रासिटिकल डक्टरले लेख्न पाउँने, व्यवसायीले बेच्न पाउँने ,आयातकर्ताले आयात गर्न पाउँने तर नेपाली औषधि उत्पादकले किन उत्पादन गर्न किन नपाउँने भन्ने प्रन गर्दै व्यवसाय जगतमा विद्यमान बेतिथीको अन्त्य हुनपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शिवराज वास्कोटाले व्ययवसाय र व्यवसायीको मर्यादा कायम राख्न आवश्यक रहेको पक्षमाथि जोड दिदै पछिल्लो समय राज्यको करनिति व्यवसाय मैत्री बन्न नसक्दा व्यवसायी जगत यो वा त्यो समस्यामा पर्ने गरेको पक्षलाइ सम्बोधन गर्न संघले मित्रवत संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरको जानकारी दिदै औषधि क्षेत्रमा विद्यमान ब्रेकेज एक्सपाएरी लगायतका समस्याले व्यवासयी हैरानीमा रहेको बताए ।  साथै हेर्दा सामान्य लाग्ने तर दुरगामी प्रभाव पार्ने यी र यस्ता समस्याका कारण व्यवसायी अनेकन तनावमा पर्ने गरेको पक्ष उजागर गदै अध्यक्ष वास्कोटाले औषधि व्यवस्यामा पछिल्लोे समय मौलाउँदै आएको यावत विकृति निवारणको लागि व्यवसायीवृत एकाकार हुनुको विकल्प नभएको भन्दै संस्था र संस्थागत पहिचानको अवमुल्यन आफैमा घातक हुने बताउँनु भएको छ । त्यस्तै उहाँले व्यवसाय प्रवद्र्धनको लागि नगदमा कारोवार गर्नु आफैमा सकारात्मक पक्ष हुने जनाउ दिदै यस विषयमा छलफल चलाउँन आवश्यक रहेको  बताउँनु भएको  छ ।   

कार्यक्रममा खुद्रा औषधि व्यवसायीको सामुहिक कल्याणका लागि अस्तित्वमा आएको खुद्रा औषधि व्यवसायी संघका महासचिव भक्त केसी सघका महासचिव गणेश नेपाल सिआइ सिएका प्रतिनिधि, सर्जिकल एशोसिएसनका अध्यक्ष रमण कायस्थ लगायतले कार्यक्रमको उद्घाटनसत्रका वोल्नु भएको थियो ।

उद्घाटन सत्रलगत्तैका पछिल्लो कार्यक्रममा नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल , एनएमएसआरका महासचिव अनुप पाण्डे लगायतका सम्बद्ध सरोकारवाला संघसस्थाका प्रतिनिधीहरुले मर्यादित र व्यवासायमैत्री वातावरणका लागि सामुहिक अवधारणा बनाउँनका लागि साझा अवधराणा पत्र तयार गर्ने प्रतिवद्धता सहित यस क्षेत्रमा विद्यमान समस्याका सवालमा घनिभुत छलफल गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

औषध