बिहिबार, बैशाख ६, २०८१

नक्कली बीजक सहित १३ करोड राजश्व छली गर्ने दोङ्गहवा कम्पनीका चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौ कार्तिक १९, राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभाग सम्वद्ध अधिकारीका अनुसार १३ करोड राजश्व छलीको अभियोगमा मुद्धा दायर गरिएका गर्ने उक्त कम्पनीका सञ्चालक मध्ये ३ जना चिनियाँ नागरिक र एक जना नेपाली रहेको जनाएको छ ।

साथै विभागले दायर मुद्धामा कुनैपनि वस्तु वा सेवा खरिदनै नगरी नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावट गरेको जिकिर सहित कम्पनीले मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख, आयकरतर्फ ७ करोड ७७ लाख र खुद आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु १ करोड १४ लाख राजश्व चुहावट गरेको उल्लेख गरिएको छ ।

 फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।