शुक्रबार, चैत्र १६, २०८०

टुङ्गयो राममन्दिर बाबरी मस्जिद प्रकरण : भारतीय सर्वोच्चको फैसला अयोध्याको विवादित जमिन हिन्दुहरूको

भारतको सम्मानित अदालतबाट भएको  ऐतिहासिक फेैसला प्रति उच्च सम्मान

समाचार एजेन्सी/कार्तिक २३,   भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेसंगैअब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ। राममन्दिर बाबरी मस्जिद विवादमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस्तै सर्वोच्चले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जित बनाउनका लागि भन्दै पाँच एकड जमिन उपलब्ध गराउन केन्द्र सरकारलाई निर्देशन दिदै गर्दा  लामो समय यतादेखि जारी राममन्दिर बाबरी मस्जिद प्रकरणको  समस्या सभाधान भएको छ । यद्यपी फैसलासँगै भारतमा दंगा भड्किन सक्ने भन्दै सुरक्षा अवस्था कडा बनाइएको सञ्चारमाध्यमले जनाएको  छ।

यसैवीच लामो समय यतादेखि विवादित बन्दै आएको अयोध्याको राममन्दिर बाबरी मस्जिद प्रकरणमा भारतको सर्वोच्च अदालतले गरेको न्यायिक फैसलाको विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय लगायत ओमकार परिवार सम्वद्ध संघसंस्थाले स्वागत गरेका छन ।  यसैक्रममा विश्व हिन्दू महासंघ अन्तराष्टियका महासचिव अस्मिता भण्डारीले हामीसंगको टेलिफोन वार्तामा भने-   पहिले त म भारतको सम्मानित अदालतबाट भएको यो को ऐतिहासिक फेैसला प्रति उच्च सम्मान भाव प्रकट गर्दछु ।

साथै उहाँले पछिल्लो आफ्नो भारत भ्रमणको क्रममा समेत यस विषयमा  भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवम महासंघ अन्तराष्ट्रियका उपाध्यक्ष योगी आदित्यनाथसंग भएको अनौपचारिक छलफलका क्रममा जिज्ञासा राख्दा उहाँले प्रस्तुत मुद्धामा फैसला जेसुकै आएपनि कुनै पनि अर्थमा जीत हारको प्रसंगमा हेर्न नहुँने बताउँनु भएको जानकारी दिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।