शुक्रबार, चैत्र १६, २०८०

छिटफुट घटनावाहेक निर्वादरुपमा कास्की २ मा निर्वाचन सम्पन्न, मतगणना रातिदेखि शुरु हुने

कास्की मंसिर १४ , प्रतिनिधिसभा सदस्य पदको लागि कास्की क्षेत्र नं २ मा आज भएको उपनिर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । ८२ वटा मतदानकेन्द्र बाट मतदाताहरुले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयलयले जनाएको छ ।

कास्की क्षेत्र नम्बर २ जहाँ ११ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार गरि कुल २१ जना चुनावी मैदानमा रहेका छन । यसवीचमा पोखरा महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात मावि, पोखरा–१६, अर्मलास्थित शान्ति मावि, पोखरा–१६ कै बाटुलेचौरस्थित चन्डिका आधारभूत प्रावि र पोखरा–३३, भरतपोखरीस्थित सरस्वती टीका मावि मतदान केन्द्रनजिक बम विस्फोट भए पनि निर्वादरुपमा निर्वाचन सम्पन्न भएको जनाउँदै यस क्षेत्रका कुल ७१ हजार ८७१ मतदाता मध्ये ४४ हजार २० जना मतदातले मतदान गरेको जनाइएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणनाका लागि शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा मतपेटिका ल्याउने काम शुरु र सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक मार्फत आजै मतगणना शुरु गर्ने जनाउँदै निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको क्रममा दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको हाम्रा सहकर्मीले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।