बिहिबार, बैशाख ६, २०८१

चाँगुनारायण नगरपालिका क्षेत्रमा शुक्रवार सार्वजनिक विदा

भक्तपुर कार्तिक २०,  चाँगुनारायण नगरपालिकाले शुक्रवार   नगरपालिकाले ओगटेको क्षेत्राभित्र सार्वजनिक विदाको घोषणा गरेको छ ।शुक्रवार मनाइने हरिबोधनी एकादशीकाको अवसरमा नगरपालिकाले विश्व सम्पदा सूचिमा सूचिकृत चार नारायणमध्येको जेठो नारायण चाँगुनारायण मन्दिरमा विशेष र ठूलो मेला लाग्ने भएका कारण उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको जनाएको छ ।

नगरपालिका अनुसार त्यसदिन नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतमा गत वर्ष जस्तै सार्वजनिक बिदा हुने नगरपालिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।