मङ्लबार, बैशाख ११, २०८१

कास्की क्षेत्र नं २ को उपनिर्वाचन: विरालो बाधेर बाउको श्राद्ध गर्दै काँग्रेस

काठमाडौं कार्तिक २० , आसन्न मंसिर १४ गते हुने संघीय संसद अन्र्तगत कास्की क्षेत्र नं २ को उपनिर्वाचन र निर्वाचनको लागि राजैनैतिकदलहरुले चुनावी मैदानमा खडा ग्राउँन सिफारीस गरेका उम्मेदवारका कारण थप चर्चित बनेको अवस्था छ । कास्की क्षेत्र नं २ मा तत्कालीन सघीय सदस्य तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीका हेलिकप्टर दुर्घटनामा निधन भएका कारण रिक्त रहेको सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि यो समाचार तयार पार्दा सम्म प्रतिपक्षीदल नेपाली काग्रेस वाहेक सत्तारुढदल नेकपासहित सहित ३ दल क्रमस साझा पार्टी, विवेकशील नेपाली दल पार्टील ले आफ्नो उम्मेदवारको टुङ्गो लगाउँदै निर्वाचन परिचालन कमिटी समेत गठन गरिसकेका छन ।

जस अनुसार सत्तारुढदल नेकपाले रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई त्यस्तै साझा पार्टीले काङ्ग्रेस परित्याग गरी साझा प्रवेश गर्नुभएकी रजनी केसीलाइ र विवेकशील नेपाली दल पार्टीले जमुना शर्मालाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउने घोषणा गरेका छन तर काँग्रेसले भने मातहतका कमिटीले सिफारीस गरेका उम्मेदवारमध्ये पनि उपयुक्त उम्मेदवार चयन गर्न नसकेको अवस्था रहेको छ ।

विहिवार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक भइसक्दा पनि काँग्रेसले अरु दलले उम्मेदवार घोषणाा गर्न नसकेको अवस्थकावीच अरु दलले घोषणा गरेको दलीय उम्मेदवारको प्रारुप हेर्ने हो भने कास्की क्षेत्र नं २ मा ३ देवी अर्थात विद्यादेवी, रजनी देवी र जमुना देवीवीच चुनावीमाऔल बन्दै गर्दा काँग्रेसले भने देवीको सिफारीस गर्ने होकी देवको त्यो आफैमा अन्यौलको भुमरिमा रुमलिएका कारण स्थानीय काँग्रेस मात्र नभइ सिङ्गो कास्की क्षेत्र न २ का जनता आश्चर्य चकितमात्र भएका मात्र छैन अरुदल आवश्यकता भन्दा बढिनै हौसिएका छन । काँग्रेसभित्र मौलाएको गुट उपगुटको उल्झनसंगै समयमानै देव वा देवीलाइ उम्मेदवारका प्रारुपमा पहिचान गर्न नसक्दा आज यस निर्वाचन क्षेत्रका लागि काँग्रेस केन्द्रीय नेतृत्व  विरालो बाधेर बाउको श्राद्ध गर्नमानै  रुमलिएको   मात्र  नभइ  पानीले भिजेको विरालो सावित भएको स्थानीय नेता तथा कार्यकर्ताको भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।