शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसद्वारा उपनिर्वाचन अनुगमन तथा आयोग समन्वय समिति गठन

काठमाडौं कार्तिक २४ , संघीय संसदका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले आसन्न उपनिर्वाचन लक्षित हुँदै अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ गठन गरेको छ ।

पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको गठीत ५ सदस्यीय समितिका सदस्यहरुमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य रहनु भएको छ भने समितिको सदस्य सचिवको जिम्म्ेवारी अधिवक्ता केशव रिजाललाइ दिईएको छ ।

त्यस्तै समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिता संगै सुरक्षा व्यवस्थाको अनुगमन संगै उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिनेकार्यादेश दिईएको काँग्रेस मुख्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।