शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसले १७ गतेको केन्द्रीय समितिबाट सबै उम्मेदवारको नामावली सार्वजनिक गर्ने

उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई ,  सुनसरीको उपमहानगरपालिकाको प्रमुख पदका लागि   तिलक राईको नाम अनुमोदन

काठमाडौं कार्तिक १५ , आज सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न उपनिर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाउँने अधिकार पार्टीका शिर्ष पदाधिकारीलाई प्रत्यायोजन गरेको छ । काङ्ग्रेसको विधानत व्यवस्था अनुरुप तत्काललाइ संसदीय समिति गठन भइनसकेको कारण उम्मेदवार चयन गर्न र पार्टीको विधानअनुसार कार्य सम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

साथै आजको बैठकले आसन्न उपनिर्वाचन अन्तर्गत सुनसरीको उप–महानगरपालिकाको प्रमुख पदका लागि काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत् रुपमा तिलक राईको नाम सिफारिस भई आएकाले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिदै १७ गते अपरान्ह ३ः०० बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।