शुक्रबार, बैशाख ७, २०८१

उपनिर्वाचन : भक्तपुर प्रदेश क मा काँग्रेस र राप्रपा संयुक्तवीच कार्यगत एकता

काठमाडौं मंसिर ९, मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो ।

नेपाली काँग्रेस र राप्रपा संयुक्तले आइतवार आज कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरी कार्यगत एकताको घोषणा गरेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । त्यस्तै समाचारमा घोषणा कार्यक्रममा राप्रपा संयुक्तले प्रस्तुत निर्वाचनमा काँग्रेस उम्मेदवार भडेललाइ निर्वाचित गराउँन आफ्नो पक्षका सवैले मतदान गर्ने उद्घोष सहित कार्यगत एकताका गरिएको उल्लेख गरिएको छ ।

कार्यगत एकताघोषणा कार्यक्रममा राप्रपा संयुक्ततका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले त्यस्तैगरि काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्री लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031