बिहिबार, बैशाख १३, २०८१

उपनिर्वाचनको मौन अवधी आज मध्य रातिबाट सुरु हुँदै

काठमाडौं मसिर ११ , प्रतिनिधिसभा अन्र्तगत प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा  आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज मध्य रातिबाट सुरु हुँदैछ ।

प्रस्तुत उपननिर्वाचनमा करिव ४ लाख ५४ हजार १ सय १४ मतदाताले]  भाग लिने भएको छ ।  त्यस्तै मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।त्यस्तै मंसिर १४ गते  बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचनको मतदान कार्यक्रम सञ्चालन हुने  आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन लक्षित सुरक्षा व्यवस्था लाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा उपनिर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा जिल्ला, प्रदेश तथा केन्द्रस्तरमा एकीकृत सुरक्षा योजना तर्जुमा गरी नेपाल सरकार, गृह मन्त्रालयको समन्वयमा र नेतृत्वमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइको जानकारी दिदै  उम्मेदवारको मनोनयनदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका उपनिर्वाचनसम्बन्धी सबै प्रक्रियामा आमनागरिकको उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आयोगले सवैमा आह्वान समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।