शुक्रबार, बैशाख ७, २०८१

उपनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आयोगको आह्वान

काठमाडौं मंसिर १३ , निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी भएको जनाएको छ ।

त्यस्तै आयोगले शनिवार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रबाट बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदान कार्यक्रममा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर आफूले रोजेको उम्मेदवारलाई अमूल्य मतदान गरी लोकतन्त्रको जगलाई बलियो बनाउने कार्यमा सरिक हुन सम्पूर्ण मतदातालाई आह्वान गरिएको छ ।

सातै आयोगले मतदानको क्रममा अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देशन जारी गरिएको छ । त्यस्तै मतदानको क्रममा मतदाता आयोगद्दारा स्वीकृत अन्तिम नामावलीमा नाम भएको तर आयोगद्दारा जारी परिचय पत्रको नभएको अवस्थामा नागरिकता, राहदानी ,लाइसेन्सको अलावा राज्यप्रदत परिचयपत्रको आधारमा समेत मतदान गर्ने व्यवस्था मिलाउँन भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031