बिहिबार, बैशाख ६, २०८१

आज जन आन्दोलन २०४६का सर्वोच्च कमाण्डर स्व सिंहको १ सय ५ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं कार्तिक २४ , आज जन आन्दोलन २०४६का सर्वोच्च कमाण्डर एवम नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस क्रममा काठमाडौं काँग्रेस जिल्ला समिति तथा क्षेत्र न. ८ ले स्व सिंहप्रति सद्धासुमन सहित कामपा वडा न १५ शोभा शोभा भगवतीस्थित उहाँको शालिकमा विहान माल्र्यार्पण गरिएको भने छ  दिउँसो १ बजे जिल्ला समिति  ज्ञानेश्वरमा स्मृति सभाको आयोजन सहित स्व सिंहको योगदानको चर्चा गर्ने भएको छ ।

त्यस्तै क्षेत्र न ८ को अगुवाइमा आज साँझ काष्ठमाण्डप परिसरमास्थित गगुटीमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ ।

माल्याअपर्ण कार्यक्रममा काठमाडैं काँग्रेस सभापति पूर्व सभापति संघीय ससंद तथा प्रदेशसभाका सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, विभिन्न भातृसंगठनका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।