बुधबार, बैशाख १२, २०८१

आज काठमाडौं उपत्यकामा वर्षकै कम न्यूनतम तापक्रम मापन

काठमाडौ मंसिर १३,  मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्न थालेको जनाउँदै आजको विहानीको  उपत्यकाको तापक्रम यस वर्षकै कम अर्थात न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको जनाएको छ । महाशाखाका अनुसार मापन गरिएको विहानीको तापक्रम यस वर्षकै कम जनाउँदै अव क्रमिक रुपमा चिसो बढ्दै जाने जनाएको छ ।

यसैवीच महाखाले आज बिहान ६ बजे जारी गरेको ३ दिने मौसम पूर्वानुमान वुलेटिनमा हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको सामान्य प्रभाव सामान्य रहेपनि देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदलि रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

त्यस्तै जारी ३ दिने वुलेटिनमा आगामी तीन दिनको मौसम पूर्वानुमान अन्र्तगत  मंसिर १३ गते दिउँसो :  देशको पश्चिमी र मध्य पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुन सक्ने देखिन्छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। । मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ । राती :   देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १४ गते  दिउँसो :  देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती :  देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १५ गते दिउँसो :  देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाक्एो छ । राती :  देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।