शुक्रबार, चैत्र १६, २०८०

अभय पाटी पुननिमार्णका लागि जग साइत

काठमाडौं कार्तिक २३ ,  काठमाडौं महानगरपालिका वडा न .१९ ढोकाटोल स्थित अभय पाटीको पुननिमार्ण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा न .१९ र  महानगरपालिका हनुमानढोका दरवार संरक्षण कार्यक्रमको सहकार्यमा पुननिमार्ण आरम्भ गरिएको उक्त पौराणिक पाटीको आज एक कार्यक्रमकावीच वडा न.  १९का अध्यक्ष शशिलाल श्रेष्ठले जग साइत गर्नु भएको हो ।

न्यू इन्द्रेणी ए टु जेड निर्माण सेवाले पुन निमार्णको जिम्मेवारी पाएको पार्टी पुननिमार्णको अनुमानित लागत १४ लाख रहेको बताईएको छ । त्यस्तै निमार्ण सेवा कम्पनीले सम्झौता भएको मितिले ९ महिना भित्र पौराणिक महत्व सहितको कलात्मक पार्टी पुन निमार्ण गर्दै हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ । जग साइत गर्दै वडाध्यक्ष श्रेष्ठले आफनो वडा क्षेत्रमा रहेको पूर्खाको अनुपम उपहारका प्रारुमाप रहेको यस्तै पार्टी पौवाको पुननिमार्ण संगै यसको संरक्षण् गर्दै जाने वडा समितिको लक्ष्य अनुरुप यस किसिमको पुननिमार्णलाइ प्राथमिकरण गरिएको बताउँनु भएको छ ।

जग साइत कार्यक्रममा काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति राजेश श्रेष्ठ लगायत  स्थानीय भद्रभलादमीको उल्लेख्य उपस्थिती रहेको वडा न .१९का सदस्य चन्द्रमान डंगोलले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।