शुक्रबार, चैत्र १६, २०८०

अन्तत मन्त्रीपरिषद पुर्नगठनको प्रसंगले आज पनि मुर्तता पाउँन सकेनन

काठमाडौ मंसिर ४,  प्रधानमन्त्री केपी ओलीले बहुचर्चित रुपमा उठान गर्दै आउँनु भएको मन्त्रीपरिषद पुर्नगठनको प्रसंगले आज पनि मुर्तता पाउँन सकेनन ।

मन्त्रिपरिषद पुर्नगठनको हेरफेरबारे मंगलवार साँझ बसेको मन्त्रीपरिषद बैठकमा समेत बुधवार कुने पनि सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिदै प्रम ओलीले आवश्यक तयारी पूरा गरेपनि अन्नत आवश्यक तयारी एवम राजधानीमा आयोजित श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको औपचारिक सत्रलाइ सम्बोधन गर्न जानु पर्ने भएका कारण कार्य व्यवस्ता बढेको जनाउ दिदै आज हुने भनिएको पुर्नगठन विहिवार गर्ने गरि स्थगन गरिएको छ ।

त्यस्तै प्रमका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद हेरफेरको लागि नाम सबै तयारी अवस्थामा रहेको र विहिवार घोषणा हुने जनाएका छन ।

तर नेकपा सम्वद्ध विश्वस्त सूत्रका अनुसार मन्त्री परिषदमा समावेस गर्न तयार गरिएको लिष्टमा पूर्व एमालेको सख्या बढि भएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डले विमति जनाएसंगै लिष्टको रिफ्समेन्ट का लागि पुर्नगठनका विहिवारका लागि स्थगन गरिएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।