काठमाडौ मंसिर ९, निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सहित निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै सम्बन्धीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको जनाएको छ । त्यस्तै आयोगले निर्वाचनसम्बन्धी सामग्रीको संवेदनशीलतालाइ दृष्टिगत गर्दै ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको गरिसकेको जानकारी दिएको छ ।
साथै आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि हुने आसन्न उपनिर्वाचनमा ५२ नै प्रकारका मतपत्र तयार गरेको छ । प्रतिनिधिसभाको सेतो कागजमा हरियो मसीले छापिएको, प्रदेशसभाको सेतो कागजमा कालो मसीले र स्थानीय तहको सेतो कागजमा नीलो मसीले छापिएको मतपत्र रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ को मतपत्रमा ठाडोमा ६ र तेर्सो चारवटा चुनाव चिह्न छन् । त्यहाँ २१ जना उम्मेदवार रहेकाले मतपत्रमा त्यति नै संख्यामा निर्वाचन चिह्न छन् । यहाँ दलका ११ र स्वतन्त्र १० उम्मेदवार छन् ।
मतपत्रको पहिलो लहरमा सुरुमै नेकपाको सूर्य, कांग्रेसको रूख, समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला र साझा पार्टीको तराजु चिह्न छ । दोस्रो लहरमा राप्रपाको गाई, राप्रपा (संयुक्त) को हलो, नेकपा (माले) को हँसिया र तारा, राष्ट्रिय जनमुक्ति पार्टीको घर चुनाव चिह्न छापिएका छन् । तेस्रो लहरमा मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले, नेपाली कांग्रेस (बीपी) को करुवा र देशभक्त समाज पार्टीको जरायो चिह्न छन् । त्यसपछि १० जना स्वतन्त्र उम्मेदवारका चिह्न राखिएका छन् । एवम् रितले अन्य प्रदेश सभा सदस्य र स्थानीय निकाय अन्र्तगतको उपनिर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्र तयार भएको जनाएको छ ।
त्यस्तै राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवार रहेको प्रदेशसभाको भक्तपुर १ क निर्वाचन क्षेत्रमा ठाडो पाँच र तेर्सो चारवटा चुनाव चिह्न भएको मतपत्र तयार भएको जनाउँदै आयोगले प्रस्तुत निर्वाचन क्षेत्रको मतपत्रको पहिलो लहरमा क्रमश सूर्य, रूख, हत्केला र तराजु चिह्न छन् । दोस्रो लहरमा गाई, मादल, हँसिया तारा, दापसहितको खुकुरी, करुवा र त्यसपछि स्वतन्त्र उम्मेदवारका विभिन्न चिह्न छापिएको जानकारी दिएका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- माघ ९ गते प्रचण्ड-नेपाल समूहले ओली प्रतिगमन विरुद्ध वृहत जनप्रदर्शन गर्ने
- उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण
- लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष
- काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान