काठमाडौं कार्तिक २३ , नेपाल पत्रकार मञ्चको काठमाडौंको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले पत्रकारको निम्ति राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन गरेको छ ।
यसैगरी सो बैठकले पत्रकार मञ्चको हालको सांगठानिक संरचनामा परिवर्तन गर्नको निम्ति विधान संशोधन गर्ने निर्णय समेत गरेको छ । १७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको वर्तमान संरचनामा एकजना वरिष्ठ उपाध्यक्ष र महिला सचिव रहने व्यवस्थासहित विधान संशोधन गरी आगामी अधिवेशनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक गतिविधि आयोजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थागत रुपमा समेत मञ्चले विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा यसलाई निरन्तरता दिने बताउनुभयो ।
मञ्चका महासचिव विमलकुमार थापाले मञ्चले सम्पन्न गर्ने कार्यक्रम स्वभाविक रुपमा पत्रकार लक्षित हुने भएकाले यसलाई अझ सिर्जनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । बैठकमा पत्रकारको क्षमता अभिबृद्धि गर्दै उनीहरुलाई विभिन्न खालका रचनात्मक गतिविधिमा समेत सक्रिय गराउन पत्रकार मञ्चका कार्यक्रम लक्षित हुनुपर्ने धारणा राख्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्यो
- महानगरले यसरी थाल्यो सडक सहयोगापेक्षी मानवमुक्त अभियान
- चलचित्र विकास वोर्ड अध्यक्ष भट्टराईको निधन
- बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट
- जन प्रतिनिधीलाइ शासकीय अहमता नराख्न मन्त्री त्रिपाठीको सुझाव
- डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै
- छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते
- सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित
- बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु
- आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान