शुक्रबार, अशोज ८, २०७८

आज साँझ छठ पर्वको सँझियाघाट धुमधामका साथ मनाइयो

काठमाडौं कार्तिक १६ , आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया  घाट धुमधामका साथ मनाइएको छ । राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लागेको थियो ।  आजको दिन छठमातालाइ वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ । त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

 

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख रहेको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031