शनिबार, बैशाख ८, २०८१

४० हजार घुस लिएको अभियोगमा कार्यालय सहयोगी सहित प्रधानाध्यापक पक्राउ

काठमाडौं असोज १४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ४० हजार घुस लिएको अभियोग पक्राउ परेका प्रअ मौर्य र कार्यालय सहयोगी लोनियाआयोगको बुटवल टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख गर्दै प्रस्तुत प्रकरणमा अखवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच आयोगले आजै नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाइ जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग रू।१० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित पोखरा महानगरपालिका वडा नं.९ स्थित बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।