शुक्रबार, चैत्र १६, २०८०

१४७ मतान्तरमा एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन योगदान गर्ने अध्यक्ष पन्तको प्रतिवद्धता

काठमाडौ कात्तिक १ , एनआरएनएको नवौं विश्व सम्मेलनले अध्यक्षमा प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै कुमार पन्त बिजयी भएका छन् । नव निर्वाचित अध्यक्ष पन्तले एक हजार २१७ मत प्राप्त गरेको थियो भने आचार्यले एक हजार ७० मत प्राप्त गर्नु भएको थियो ।

कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी चुनावी मैदानमा रहेको प्रस्तुत निवांचनको थप घोषित परिणाम अनुसार त्यस्तै महासचिवमा डा हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने  उपाध्यक्षमा डा बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित भएको घोषणा गरिएको छ ।

यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक ९अफ्रिका०मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिका)  मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिका)  रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिका) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिका) मा विमला सापकोटा निर्वाचित हुनुभएको छ ।

यसैवीच सङ्घको ९औं विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा लागि पर्ने प्रतिवद्धता अभिव्यक्त गरेका छन ।

यसैक्रममा नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी घोषणा गर्नु भएको हो ।  त्यस्तै निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध अघि बढेन आफु प्रतिवद्ध भएको समेत उहाँले बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।