मङ्लबार, बैशाख ११, २०८१

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा यात्रुवाहाक बस दुर्घटना, ७ जनाको घटनास्थलमा नै मृत्यु

काठमाडौं असोज २४,  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा शुक्रबार बिहान भएको बस दुर्घटनामा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनाग्रस्त उक्त यात्रु वहाक बसका दशैँ मनाउँदै काठमाडौं फर्किने क्रममा रहेका यात्रु रहेको बुझिएको छ ।

त्यस्तै प्रहरीका अनुसार बस दुर्घटना परि घाएते भएका यात्रुहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको जनाउँदै दुर्घटनाको कारण र क्षति सम्बन्धी थप विवरण आउँन बाँकी रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।