बुधबार, बैशाख १२, २०८१

सामाजिक सद्भाव सहित संयमितरूपमा गतिविधि सञ्चालन गर्न आयोगको आग्रह

काठमाडौं कार्तिक १४ , राष्ट्रिय मानवअधिकार आयोगले लक्ष्मी मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कफ्र्युू आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएकोे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका निर्देशक मुरारीप्रसाद खरेलले आज एक् प्रेस विज्ञप्ति जारी गर्दै हत्या हिंसा जस्तो अमानविय कृयाकलाप विरुद्ध सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गर्दै घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली आजै घटनास्थल पुगी अनुगमन गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।