शुक्रबार, चैत्र १६, २०८०

समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन एनआरएनएलाइ राष्ट्रपतिको आग्रह

काठमाडौ असोज २८ , म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नाराका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को ३ दिने नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न आह्वान गर्नुभएको छ ।

त्यस्तै उहाँले सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा अभियानमा केन्द्रीत रहेको बताउँदै पछिल्लो समय नेपालमा राजनैतिक स्थिरता समेत कायम भइ सकेको जनाउ सहित व्यक्तिगत तथा सामूहिक लगानीमा समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन विलम्व नर्गन समेत आग्रह गर्नु भएको छ ।

साथै नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले नेपाल र नेपालीलाई समुन्त भविष्यका लागि पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न आवश्यक रहेकोमा गैरआवासीय नेपालीको ध्यानाकर्षण गराउँदै सम्मेलनको सफलताको कामना समेत गर्नु भएको छ ।  कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उहाँले आसन्न नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा समेत विशेष जोड दिनु भयो ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने बताउँनु भएको प्रस्तुत कार्यक्रममा नेउवा महासङ्घका अध्यक्ष भवानी राणा , सङ्घका अध्यक्ष भवन भट्ट,संघका पूर्व अध्यक्ष शेष घले लगायतका वक्ताले आ आफ्नो भिमत प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।