बुधबार, बैशाख १२, २०८१

राहदानीसहित ३ विधेयक प्रमाणीकरण

तस्वीर : राष्ट्रपतिको कार्यालय

काठमाडौ असोज २७,  असोज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।