बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति सीको राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल :सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं असोज ३०, संघीय  सरकारको  को आज बसेको मन्त्रीपरिषद बैठकको निर्ण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमण र दुई देशबीच भएको २० बुँदे सहमति र समझदारीपत्रको हस्ताक्षर नेपालको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै प्रस्तुत समझदारीले दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ हुनुको अलावा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन परिणाममुखी हुँने बताउँनु भएको छ ।

साथै मन्त्रिपरिषद्को ११ बुँदे निर्णयका बारेमा जानकारी दिदै उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित सिफारिस समितिको म्याद थप गरिएको जानकारी दिनु भएको ।

त्यस्तै कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ताटोली गठन गर्ने निर्णय भएको बताउँनु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकका थप निर्णयहरु :