बिहिबार, बैशाख १३, २०८१

यौन दुर्व्यवहार प्रकरणमा महरालाइ थप ५ दिन थुनामै राख्न अदालतको आदेश

काठमाडौं कार्तिक ३ , संघीय संसद सचिवालयमा कार्यरत महिलाउपर यौन दुर्व्यवहार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आदेश दिएको छ ।

यौन दुर्व्यवहार प्रकरणमा पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि महरालाइ अस्पताल भर्ना गरिएका कारण महराको वयान हुन सकेको थिएन । दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा प्रहरीको उपस्थितिमा बयानपछि जिल्ला अदालत काठमाडौं पेस पेश गरेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २८ मा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।