शनिबार, बैशाख ८, २०८१

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको ३ दिने मौसम पूर्वानुमान बुलेटिन

काठमाडौ असोज २१,  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदलीसंगै नेपालको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना को अवस्था रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज साझँ ६स्०० बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार विजयादशमीको दिन दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एकरदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँनुको अलावा मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बिहीबार पनि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एकरदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै महाशाखाले आगामी २४ घन्टाका लागि देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।