शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ टेलिकमका ग्राहकाहरुका लागि अटम अफर

काठमाडौ कार्तिक १,  नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाको अवस्थालाइ दृष्टिगत गर्दै विभिन्न अटम अफरका प्याकेजको घोषणा गरेका छन ।  टेलिकमद्दारा जारी विज्ञप्तिमा प्रस्तुत अफरको लागि ग्राहकले *१४१५# मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिने जनाउँदै प्रस्तुत अफरअन्तर्गतको यसअघिको उपलब्ध गराईएको समर अफरका प्याकेजमा केही थप सुविधा समावेस गरिएको जनाएको छ ।

जसअनुसार पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी डे डाटा प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने बनाएको जनाएको छ ।

त्यस्तै डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको जनाएको छ । साथै पहिलेको रु एक हजार २०० को प्याकलाई रु एक हजार, रु तीन हजार ४०० को प्याकलाई रु तीन हजार, रु ६ हजार ४०० को प्याकलाई रु पाँच हजार, रु पाँच सय र रु १२ हजार ३०० को प्याकलाई अब रु १० हजार ५०० मात्र पर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930