शनिबार, बैशाख ८, २०८१

यसरी मनाइयो आसूरी प्रवृत्तिमाथि खड्ग प्रहार गर्दै ‘पाया’ पर्व

अनुप प्रधान / काठमाडौ असोज २१ , बडादसैंको अन्तिम दिन अर्थात विजयादशमीको साँझ नेवार समुदायले खड्गजात्रा ‘पाया’ पर्व मनाएका छन् ।

यो पर्वमा शक्तिपीठको पूजा अर्चना सहित खड्गधारण गरी नगर परिक्रममा गरि मनाइने भएकोले खड्गजात्रा भनिएको हो । जात्राको क्रममा तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी मनाउने गरिन्छ ।

मुलत यट्खाबाट कंकेश्वरी ,टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट निस्कने खड्गधारीले आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै खुसियाली मनाउने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।